back
NMB ad

सयौं जहाज र हजारौं मान्छे निलेको बर्मुडा ट्राएङ्गल !

Kumari bank ad

वासिङ्गटन । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लगाएको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्तो हेक्सागोनल (छ एङ्गल भएको) बादलका कारण हुने गरेको बताएका हुन् ।

बर्मुडा ट्राएङ्गल आन्ध्र महासागरमा ५ लाख स्क्वायर किलोमिटरको एक भाग हो। यसको आकार ट्राएङ्गल जस्तै रहेको छ ।

पछिल्ला एक सय वर्षमा यसमा ७५ वटा ठूला जहाज र एक सय भन्दा बढि साना ठूला पानीजहाज पसेर बिलाइसकेका छन् । यसक्रममा एक हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गल माथि खोजी गरेका वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलमा धेरै गह्रौं बस्तु तान्न सक्ने क्षमता बादलको  हेक्सागोनल आकारका कारण विकास भएको हो ।

कोलोराडो स्टेट यूनिभर्सिटीका मेट्रोलोजिस्ट र्‍यान्डी क्यारभेनीका अनुसार यो बादलले ‘एयर बम’ बनाउने गरेको छ । अर्थात, हावामा बम पड्के जस्तो क्षमता पैदा गर्दछ ।

समाचार अनुसार र्‍यान्डी क्यारभेनी यस सिद्धान्तको विकास गर्नेहरुको वैज्ञानिकको टीमका सदस्य हुन् । बर्मुडा ट्राएङ्गलमा १७० माइल करिब २७३ किलोमिटर घन्टाको गतिको हावा रहेको हुन्छ ।

BERMUDA TRIANGLE 2

यी बादल र हावा आपसमा मिलेर जब जहाज या हवाईजहाजसँग ठोक्किन्छन् तब तिनलाई तानेर समुद्रको पिँधमा पुर्‍याउँछन् ।

BERMUDA TRIANGLE 1

वैज्ञानिकको दावी अनुसार बर्मुडा ट्राएङ्गलमा जम्मा हुने शक्ति समुद्रको पानीसँग ठोक्किने गरेको छ । जसबाट सुनामी भन्दा शक्तिशाली अग्लो समुद्री लहर उठ्ने गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुन्छ ।

यस क्रममा त्यस आसपास रहेका सबै बस्तु नष्ट हुन पुग्छन् । वैज्ञानिकका अनुसार बादल बर्मुडा द्वीपको दक्षिणी भागमा पैदा हुने गरेको छ । यो बादलले त्यसपछि करिब २० देखि ५५ माइलको यात्रा तय गर्छ ।

बर्मुडा ट्राएङ्गलको रहस्यबारे विश्वमा कयौं तथ्य बाहिर ल्याइएको छ । यस्तै एक सिद्धान्तमा बर्मुडा ट्राएङ्गलको शक्तिको पछाडि एलियनको हात रहेको दावी गरिएको थियो ।
Barmuda
यसै साल मार्चमा नर्वेका केही वैज्ञानिकले बर्मुडा ट्राएङ्गल रहेको समुद्रबाट मिथेन ग्यास चुहिरहेको दाबी गरेका थिए । जसको कारणले त्यहाँ विशेष किसिमको गुरुत्वाकर्षण बल बन्ने गरेको छ ।

वैज्ञानिकको अनुसार, के हो बर्मुडा ट्राएङ्गल ?

बर्मुडा ट्राएङ्गल रहेको एक खतरनाक इलाका आन्ध्र महासागरमा रहेको छ । यो फ्लोरिडाको मियामी, बर्मुडा द्वीप र प्योर्टो रिकोको स्यान जुआनबीच रहेको छ ।

यी तीनै स्थानलाई सीधा लाइनबाट आपसमा मिलाउँदा एक ट्राएङ्गल बन्छ। यसै इलाकालाई बर्मुडा ट्राएङ्गल भनिन्छ । यसको जम्मा क्षेत्रफल करिब ५ लाख स्क्‍वायर किलोमिटर रहेको बताइन्छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...