
काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले कात्तिक २६ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको हकप्रद सेयर मंसिर ३० गतेसम्म भर्न पाइन्छ। बैंकको यो हकप्रद सेयर कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भर्न पाउँछन्।
बैंकले १०० रुपैयाँ अंकित दरको सेयर चुक्ता पुँजिको २५ प्रतिशतका दरले जारी गर्न लागेको हो। चार सेयर हुनेले एक सेयर पाउने छन्।
बैंकले कुल १६ लाख ९९ हजार ७४१ कित्ता सेयर जारी गर्न लागेको हो। बैंकको सेयरको निस्कासन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड छ।
८ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ८ सोमवार १०:३४ मा प्रकाशित