back

मेलम्चीको पानी आगामि वर्षको असोजदेखि काठमाडौमा

काठमाडौ। व्यवस्थापिका—संसद्अन्तर्गत विकास समितिले रातिमा समेत काम गर्ने व्यवस्था मिलाएर विसं २०७४ असोज मसान्तभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउन खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकमा सभापति रवीन्द्र अधिकारीले तालिका बनाएर सुरुङ निर्माणको कामलाई व्यवस्थित गर्ने व्यवस्था मिलाउन मन्त्रालयका सचिव र मेलम्ची खानेपानी विकास समितिका अधिकारीलाई निर्देशन दिनुभयो ।

उनले भने, “सन् २००७ मा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी सन् २००० मा काम सुरु भएको थियो, दोस्रोपटक सन् २०१३ सम्म सारियो, तेस्रोपटक सारिएको सन् २०१६ मा पनि पानी नआउने निश्चित भएको छ, अब तोकिएको समयमा पानी आउने गरी काम अघि बढोस् ।”

मेलम्ची खोलाको पानी ल्याउने संरचना निर्माण अन्तिम चरणमा पुगेकाले याङ्ग्री र लार्केको पानी ल्याउन आवश्यक पूर्वाधारको काम छिटो सुरु गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ८

वि.सं.२०७३ कात्तिक ८ सोमवार १४:४४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...