back

लोकमान प्रकरण काँग्रेसकै सहमतिमा प्रस्ताव आएको हो : मन्त्री शर्मा

काठमाडौं, ८ कार्तिक । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाईएको छ, यी भ्रमात्मक कुराहरु हुन्, हामी यो गठबन्धनलाई बलियो बनाउनको लागि गम्भिर छौं, यसबारेमा काँग्रेस र हामीवीच छलफल भैरहेको छ ।’
उनले महाअभियोग प्रस्ताव आफ्नो पार्टीले ल्याएको उल्लेख गर्दै थपे,‘या प्रस्ताव हामीले ल्याएको हो, एमालेले त समर्थन मात्रै गरेको हो, हामी एमालेको पछि लागेको होईन, एमाले चाहीँ हाम्रो पछि आएको हो, एमालेले चाहँदैमा यो गठबन्धन टुट्दैन्, त्यसैले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाउन लागे भनेर हाउगुजी नचलाए हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गैसकेकोले यो दुई तिहाई भन्दा बढि मतले पारित हुने र लोकमान हटाउने समेत दाबी गरे । उनले भने,‘यो प्रस्ताव तीन वटै पार्टीका प्रमुखहरुवीच छलफल भएर आएको हो, यसमा कसैले शंका नगरेपनि हुन्छ, हाम्रो अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो, छलफल नै नभईकन प्रस्ताव आयो भन्नु गलत हो, काँग्रेसको सहमतिमै यो प्रस्ताव आएको हो ।’
अख्तियार प्रमुख कार्कीले मुलुकमा समानान्तर सरकार चलाएको आरोप लगाउँदै मन्त्री शर्माले थपे,‘लोकमानले पदको दुरुपयोग गरेर राज्यमा आतंक सिर्जना गरेका थिए, त्रास फैलाएका थिए, त्यसैले उनको विरुद्धमा सडक र सदन दुवैमा व्यापक विरोध भएकोले नै हामीले यो कुरा उठाएका हौं ।’
लोकतन्त्र, कानूनी राज्य, विधिको शासन चाहानेहरुले महाअभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने समेत उनको विश्वास थियो । प्रस्ताव निर्णयमा पुग्न प्रक्रियागत हिसावले जाने हो भने दुई महिनाभित्रमा टुँगोमा पुग्ने शर्माको दाबी थियो ।
यद्धपी उनले नेपालमा पहिलो पटक संवैधानिक प्रमुखविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकोले नौलो विषय भएकोले हल्ला फैलाईएको भन्दै थपे,‘यो विषयलाई हंगामा बनाईयो ।’ उनले अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाईएपनि संस्था केही नहुने जिकिर गरे । शर्माले थपे,‘आयोगले कामकारवाही गर्छ ।’
लोकमानले नेताहरुमाथि प्रहार गर्न आँटेकोले हतार गरेर महाअभियोग प्रस्ताव ल्याईएको अरे नि भन्ने सञ्चारकर्मीको प्रश्नमा शर्माले भने,‘यो गलत कुरा हो, भ्रम छर्ने काम हो, दुई वर्षसम्म हामीले लोकमानलाई छोएकै थिएनौं त ? खै किन काम नगरेको ? अहिलेमात्रै किन भोलिको अख्तियारले पनि त काम गर्छ नि ?’ उनले अहिलेका अख्तियारको प्रमुख कार्कीको चरित्र र काम गर्ने पद्धतीको बारेमा आफूहरुले कुरा उठाएको समेत दाबी गरे ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार १६:२६ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...