
काठमाण्डौं । आज मंगलबारबाट २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको अरुण कावेली पावरले ३० करोड रुपैंया बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।
अरुण कावेलीको साधारण सेयरमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्युनतम ५० कित्ता अर्थात् ५००० रुपैयाँ र अधिकतम १५ हजार कित्ता अर्थात १५ लाख रुपैयाँसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएकोछ ।
लगानीकर्ताले कात्तिक ९ गतेबाट १२ गतेभित्रै या त ढिलोमा २३ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अरुण काबेलीको कार्यालय थापाथली ट्रेड टावर र सिद्धार्थ बैंकका उपत्यका भित्र र बाहिरका विभिन्न शाखाहरु मार्फत आवेदन गर्न सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
९ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १०:१३ मा प्रकाशित