
काठमाण्डौं । केही दिन अघिदेखि इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्ससँग एकीकृत कारोबार सुरु गरेको सिभिल बैंकको सेयर कारोबार आज मंगलबारदेखि खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट सेयर कारोबार फुकुवा गराउने पत्र प्राप्त भएको र नेप्सेमा पनि सोही व्यवहोरा पुगेका कारण आजबाट सेयर कारोबार खुल्ने भएको हो ।
राष्ट्र बैंकको निर्देशनपछि स्वाप रेशियो १००: ७४.७२ कायम भएको छ । अब एक सय कित्ता सेयर हुने सिभिल बैंकका सेयरधनीले एक सय कित्ता तथा एक सय कित्ता सेयर हुने आईएलफसीका सेयरधनीले ७४.७२ कित्ता सेयर पाउनेछन् ।
मर्जरपछि बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुगेको छ । साथै, बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्ने सम्झौता गरिसकेको छ ।
९ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १०:२३ मा प्रकाशित