back

नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर १८६० सम्ममा बिक्यो

काठमाडौ । लामो समयदेखि सेयर बजार परिसूचक नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर लिलामी प्रक्रियामा प्रतिकित्ता १८ सय ६० रूपैयाँसम्म बिक्री भएको छ । कम्पनीले केही समय अघि हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको सेयर लिलामीमा बिक्री गर्दा लगानीकर्ताले उच्च मूल्य तिरेका छन् ।

हकप्रद सेयर निष्काशनको क्रममा आवेदन नपरेको संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ३७ कित्ता सेयर लिलामीमा राखेको थियो ।

उक्त सेयरमा सर्वसाधरणतर्फको सेयरका लागि प्रतिकित्ता न्यूनतम ११ सय ५१.५१ रूपैयाँदेखि अधिकतम १८ सय ६० रूपैयाँसम्मको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारण समूहमा ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बराबरका आधारमा लिलामीमा बिक्री गरेको हो ।

संस्थापकतर्फ चार सय ५५ र पाँच सय २१ रूपैयाँमा टेन्डर हाल्नेले पाएका थिए । एनबी इन्सुरेन्सले १६ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।

नेप्सेमा यस कम्पनीको पछिल्लो सेयर कारोबार प्रतिकित्ता १५४ रुपैयाँमा भएको छ । तीन वर्षअघि कम्पनी समस्यामा परेपछि यसको सेयर कारोबार प्रतिकित्ता ५० रुपैयाँ सम्ममा झरेको थियो । त्यसपछि लामो समय सेयर कारोबार बन्द भयो । त्यसबीचमा कम्पनीमा नयाँ लगानीकर्ता प्रवेशसँगै व्यवस्थापन परिवर्तन भएको छ । प्रतिदिन १० प्रतिशत भन्दा बढी मूल्य वृद्धि गरी सेयर कारोबार गर्न नमिल्ने नेप्सेको नियम रहेको तर लगानीकर्ता उच्च मूल्यमा मात्र बिक्री गर्न तयार देखिएपछि यस कम्पनीको सेयर कारोबार हुन सकिरहेको छैन ।

प्रकाशित मितिः २०७३ कार्तिक ९

वि.सं.२०७३ कात्तिक ९ मंगलवार १५:०७ मा प्रकाशित

You can share this post!

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

शाओमीको नेपालमा सफलतापूर्वक ५ वर्ष पुरा

वि.सं.२०८० असोज ६ शनिवार १७:४५

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आफ्नो गौरवपूर्ण ५...

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

वि.सं.२०८० असोज ६ शनिवार १७:३९

काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७...

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न

वि.सं.२०८० असोज ६ शनिवार १७:३४

काठमाडौं । धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप...

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

रासस गण्डकी प्रमुख पौडेललाई एग्रो टुरिजम अग्रज पत्रकार सम्मान   

वि.सं.२०८० असोज ६ शनिवार १७:३०

गण्डकी, ६ असोज : राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय...

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या   

वि.सं.२०८० असोज ६ शनिवार १७:२३

रमेश लम्साल काठमाडौँ, ६ असोज : सरकारले मुलुकको ऊर्जा क्षेत्रको...

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

नेपाल पर्यटन बोर्डको हालसम्मकै ठुलो बजेट पारित

वि.सं.२०८० असोज ६ शनिवार १७:१६

काठमाडौं । नेपाल पर्यटन बोर्डको आ.व. २०८०/८१ को बजेट शनिबार...