back

यसपालीको तिहारमा लगातार पाँच दिन सार्वजनिक बिदा !

काठमाडौँ । तिहारमा तीन दिन मात्र सर्वजनिक बिदा हुने भए पनि यस पटकको तिहारमा भने पाँच दिन सार्वजनिक बिदा दिईने भएको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका कारण बिदाको समय लम्बिएको हो ।

मन्त्रिपरिषद्को बिहिबारको बैठकले अबदेखि छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल भ्रमण आउँदा सार्वजनिक वबदा दिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते बुधबार तीन दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्र प्रमुखहरु नेपाल आएको दिनमात्र बिदा दिने निर्णय भएको हो ।
कात्तिक १३ गते शनिबार परेको छ भने १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवर्द्धन पूजा र १६ गते मंगलबार भाइटीकाको सार्वजनिक विदा छ। १७ गते बुधबार पनि भारतीय राष्ट्रपतिको भ्रमणका कारण विदा हुने भएको हो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ।

यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने सरकारले निर्णय गरेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १५:०० मा प्रकाशित

You can share this post!

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

भव्य फ्यान फेस्टसहित रियलमीले गर्योे रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

वि.सं.२०८० असोज ७ आइतवार १७:१७

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५...

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत  सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

वि.सं.२०८० असोज ७ आइतवार १७:०७

काठमाडौँ ।  नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा...

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?

वि.सं.२०८० असोज ७ आइतवार १७:०२

काठमाडौं मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ असोज १० गते बुधबार...

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

बम्बे भाइकिङ्गस नेपाल आउँदै, एलओडी मा कन्सर्ट हुँदै

वि.सं.२०८० असोज ७ आइतवार १६:५६

काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति...

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात, दुई खर्ब ३३ अर्ब ३० करोड व्यापार घाटा 

वि.सं.२०८० असोज ७ आइतवार १६:४८

काठमाडौँ, ७ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती...

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

वि.सं.२०८० असोज ७ आइतवार १६:४१

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा...