
काठमाडौ। बिहीबार सेयर बजार निकै उतारचढावका बीच हरियो अंक कायम गर्न सफल भयो । कारोबारको शुरुवाती चरणमा ओरालो लागेपनि अन्तिमसम्म आईपुग्दा बजार ६ दशमलव २५ अंकले बढ्न पुग्यो । बिहिबार नेप्से १७५९ अंकमा रोकिएको छ ।
बुधबारको तुलनामा नेप्से परिसूचक उकालो लागे पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार ६९ करोड रुपैयाँको कारोबार भएको छ । बिहिबार १३६ कम्पनीको १० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।
यसदिन विकास बैंक, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः १८, १५, ८ र १ अंकले उकालो लागेका छन् । बीमा, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः ४१, १५ र २ अंकले ओरालो लागेका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १७:२५ मा प्रकाशित