back

होस् गर्नुहोस्, कतै एटिएमबाट पैसा चोरी भएको त छैन ?

काठमाडौ । तपाईले आफ्नो खाताको रकम चेक गर्नुभएको छ ? नभए चेक गर्नुस् है । कसैले नक्कली एटिएमको प्रयोग गरि तपाईको खाताको रकम झिकिदिनपनि सक्छ । किनकि नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

उनले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर पत्ता लगाई पुनःबुथमा गई रकम निकाल्ने नयाँशैलीको प्रयोग गर्ने गरेको ब्युरोका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले जानकारी दिए ।

उनको साथबाट २८ थान नक्कली एटिएम कार्ड र १७ हजार अमेरिकी डलर बरामद भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएमबाट अन्य ग्राहकको रकम निकालेको भेटिएपछि उनको खोजी सुरु भएको थियो ।

बैंकका उपनिर्देशक विजेन्द्र सुवालले आफूले रकम ननिकाले पनि रकम निस्किएको एसएमएस आएको भन्दै ग्राहकले गुनासो गरेपछि बैंकले अनुसन्धान सुरु गरेको र प्रहरीलाई जानकारी गराएको बताए ।

बैंकको ‘सिसिटिभी फुटेज’ को आधारमा उनको खोजी अगाडि बढाएको थियो । सोही क्रममा ठमेलको हिमालय बैंकबाट रकम निकाल्ने क्रममा ब्युरोको प्रहरी टोलीले स्टेफनोभलाई पक्राउ गरेको हो ।

एक अस्टे«लियन नागरिकले नेपालमा एटिएमबाट रकम निकाल्न खोज्दा एटिएम अड्किएकोमा उनको खाताको ६ हजार डलर रकम बुल्गेरियाबाट निकालिएको घटनामा समेत स्टेफनोभकै संलग्नता देखिएको छ ।
उनी गत असोज २२ गते नेपाल आई ठमेलस्थित एक होटलमा बस्दै आएको ब्युरोले जनाएको छ । ब्युरोका प्रमुख सिलवालले एटिएम कार्डको पिनकोड समयसमयमा परिवर्तन गर्न र अरुले नदेख्ने गरी मात्रै कोड हान्न सुझाव दिएका छन् ।

उनलाई बैकिंङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही बढाएको तथा सो ऐनबमोजिम बढीमा पाँच वर्ष कैद, बिगो भराउने तथा बिगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १२

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १६:३० मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...