back
Kumari Bank

५ हजार भारु ऋण लिएर थालेको व्यवसायले साँढे २ अर्ब डलरका मालिक !

काठमाण्डौं । सन् १९९५ को एक दिन योगा गुरु बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णलाई लाग्यो अब हामीले गर्ने योगालाई संस्थागत गर्नुपर्छ । उनीहरु त्यसका पतञ्जली नामको संस्था स्थापना गर्न अधिकारीहरु समक्ष पुगे।  दुई जनासँग जम्माजम्मी ३ हजार ५ सय भारु थियो, तर पतञ्जली दर्ताका लागि अधिकारीहरुले मागे १३ हजार भारु। दुवै जनाले ५/५ हजारका दरले साथीहरुसँग ऋण मागे र संस्था दर्ता गरे पतञ्जली ।

२१ वर्षपछि उनै बालकृष्ण भारतका सय धनीहरुको सूचीमा धमाकेदार ढंगले प्रवेश गरेका छन् । नेपालको स्याङ्जामा जन्मिएका बालकृष्ण सानै उमेरमा भारत पुगेका थिए। बाबा रामदेवसँगको साथपछि उनीसँग अहिले साढे २ अर्ब डलर सम्पत्ति छ। यो नेपालको कुल बजेटको झण्डै ३० प्रतिशत रकम हो।

भारतमा तीव्र विस्तार भइरहेको पतञ्जली आयुर्वेद लिमिटेडमा बालकृष्णको ९७ प्रतिशत शेयर लगानी छ। यही लगानीले उनलाई अर्बपतिको सूचीमा पुर्‍याएको हो। जहाँ बालकृष्ण अर्बपतिको सूचीमा प्रवेश गरेका छन्, त्यहीँ अनलाइन सपिङका फिल्पकार्टका संस्थापक सचिन वंशल र विनि वंशल भने सूचीबाट हराएका छन्।

फोर्ब्सले भरखरै सार्वजनिक गरेको भारतका सय धनीको सूचीमा बालकृष्ण ४८‌औं स्थानमा प्रवेश पाएका छन्। गतवर्ष एक अर्ब ३० करोड डलर सम्पत्ति सहित सूचीको ८६ औं नम्बरमा रहेका वंशल ब्रदरको सम्पत्ति घटेपछि यो वर्षको सय जनाको सूचीबाट बाहिरिएका छन्।

फिल्पकार्टका संस्थापकहरुले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। बालकृष्ण भारतका धनीको सूचमा प्रवेश पाउने ६ नयाँ नाममध्ये एक हो। यो सूचीमा सबैभन्दा बढी सम्पत्तिसहित रिलायन्स उद्योगका मालिक मुकेश अम्बानी लगातार नवौं वर्षदेखि सूचीको शीर्ष स्थानमा छन्।

डेलीमेलले बालकृष्णसँग फिल्पकार्ट जस्ता स्टार्टअपका विषयमा प्रश्न सोधेको थियो। तर उनले स्टार्टअपका विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। उनले भने, ‘यो अर्बपतिको सूची के हो मलाई थाहा पनि छैन। मलाई एउटा कुरा मात्र थाहा छ, हाम्रो जस्तो शेयर बजारमा सूचीकृत नभएको कम्पनी प्रसिद्ध व्यावसायिक पत्रिकाको ग्लोबल र्‍यांकिङमा परेको छ। म यो कुरा पतञ्जलीका २० करोड उपभोक्तालाई समर्पित गर्न चाहन्छु।’

पतञ्जली र फिल्पकार्ट दुवै नयाँ व्यापारमा छन् तर काम गर्ने शैली भने पूरै फरक छ। जहाँ फिल्पकार्ट आधुनिक समयको प्रविधि प्रयोग गर्ने कम्पनी हो भने पतञ्जलीले वस्तु उत्पादनका लागि परम्परागत भारतीय ज्ञानलाई प्रयोग गरेको छ।

‘आज हामीले जे हासिल गरेका छौं, त्यो कुनै सम्झौताबाट प्राप्त हो। हामीले यसका लागि दुई वटा रणनीति बनाएका छौं,’ उनले भने, ‘एउटा हो कृषकले सही मूल्य पाउन र उपभोक्ताले सही दाममा उत्पादन।’

भारतमा सय धनीको सम्पत्ति ३ सय ८१ अर्ब डलर ९२५ लाख करोड भारु० छ। यो सन् २०१५ को ३ सय ४५ अर्ब डलरभन्दा १० प्रतिशतले बढी हो।

पतञ्जलीले वार्षिक ५ हजार करोड भारुको कारोबार गर्छ उसले अर्को वर्ष यसलाई दोब्बर अर्थात् १० हजार करोड पुर्‍याउने लक्ष्य लिएको छ। बालकृष्ण भन्छन्, ‘पतञ्जली अब साना सहरका किराना पसलमा मात्रै होइन ठूला सहरका मल र शोरुममा पनि चर्चाको विषय बनेको छ।’

के अब अर्बपतिको सूचीमा प्रवेश गरेपछि बालकृष्णको जीवनशैली परिवर्तन होला त ?  ‘पटक्कै हुन्न। म योगी हुँ, साधु हुँ,’ उनी सहजताका साथ भन्छन्। उनी चप्पल लगाउँछन् र अधिकांश यात्रा विमानको सट्टा सडकबाट गर्छन्।

यति बेला भारतमा गौरक्षकहरु समाचारका हेडलाइन बनिरहेका छन्। त्यसको अर्थ के पतञ्जली पनि राजनीतिक मुद्दामा अघि बढ्दैछरु

बालकृष्ण भन्छन्, ‘होइन। हामीले भारतीय गाईको नश्ल सुधार गर्न खोजेका छौं, त्यसले भारतमा डेरीको सम्भावनालाई अघि बढाउनेछ। हामी अब ठूलो मात्रामा गाईभैंसीको दानाको उत्पादनमा लाग्छौं।’

भारत डेरीका लागि ठूलो सम्भावना भएको बजार हो। यहाँ उत्पादन भए सहजै बजार बनाउन सकिन्छ। बालकृष्णले भने, ‘हामी डेरीका ठूला बहुराष्ट्रिय कम्पनीलाई चुनौती दिन तयार छौं।’

पतञ्जलीमा ९७ प्रतिशत शेयर हिस्सा भए पनि बालकृष्णले यसको सबै जस बाबा रामदेवलाई दिए। ुयो सबै उहाँको भिजन हो। म मात्र प्रमुख कार्यकारी अधिकृत हुँ,’ उनले प्रस्ट पारे।

कम्पनीमा बाबा रामदेवको कुनै शेयर छैन तर उनी कम्पनीका एक मात्र ब्राण्ड एम्बास्डर हुन्। उता बालकृष्ण भने सबै अपरेशन हेर्छन्।

पतञ्जलीको तत्कालको एजेण्डा हो, वैदिक शिक्षालयको स्थापना। उनले यसमा प्राचीन पाठ्यक्रम र आध्यात्मिकता रहने बताए। उनले ठूलो मात्रामा जडीबुटीको उत्पादन गर्ने योजना पनि सुनाए।

बालकृष्ण भन्छन्, ‘स्वदेशी ब्राण्डले खाना तथा उपभोक्ताको बजारमा बहुराष्ट्रिय कम्पनीको मुनाफा खोसिदिएको छ। पतञ्जलीले सबै जना विदेशी ब्राण्डको विरुद्ध छन् भन्ने स्थापित गरिदिएको छ।’

९ असोज २०७३, ११।००, पहिलोपोष्ट

वि.सं.२०७३ कात्तिक १४ आइतवार ११:४३ मा प्रकाशित

You can share this post!

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

वि.सं.२०८२ असार २७ शुक्रवार २०:५४

काठमाडौं : क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र...

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २७ शुक्रवार २०:००

काठमाडौँ  : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युत्को उत्पादन...

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८२ असार २७ शुक्रवार १९:४१

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई बेवास्ता गरेको नाडाको आरोप

वि.सं.२०८२ असार २७ शुक्रवार १९:०७

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३...

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

काठमाडौँ महानगरपालिकाको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड   

वि.सं.२०८२ असार २७ शुक्रवार १८:४५

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

वि.सं.२०८२ असार २७ शुक्रवार १६:५८

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा...