back

अब सत्तापक्ष र प्रतिपक्षवीच तिक्तता हट्यो भन्दै छमछमी नाचे प्रचण्ड !

Nepal Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन् । उनले भाषा विवाद, प्रदेशको सिमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताएका छन् । उनले भने,‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरि सरकारले काम गरिहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु ।’
आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा ‘संविधान संशोधन, कार्यान्वयन र दलहरुवीच एकता कायम गर्न रिपोर्टर्स क्लब नेपालको दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन् । उनले सरकारले संविधानको सर्वस्विकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए ।
प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तित्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे । उनले भने,‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षवीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो ।’
त्यस्तै प्रधानमन्त्री दाहालले भुकम्पपछिको पूर्ननिर्माणको लागि सरकारले द्रुत गतिमा काम गरिरहेको समेत स्पष्ट पारे । उनले भने,‘सरकारले पूर्ननिर्माणको कार्यलाई तिव्रताका साथ अघि बढाईरहेको छ, ३१ वटै भुकम्पप्रभावित जिल्लाहरुलाई एकरुपताका साथ काम अघि बढ्ने पूर्ननिर्माण निर्देश समितिमा सहमति भएको छ, यही बमोजिम काम हुन्छ ।’
पछिल्लो समय मुलुकमा नकारात्मक कुराहरु बढि प्रवाह हुने गरेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सकारात्मक कुरामा पनि सबैले ध्यानन दिनुपर्ने बताए । उनले अघि भने,‘सकारात्मक कुृराहरुमा हामीले धेरै ध्यान दिनुपर्छ, देउसीभैलोले सबैलाई यही शुभकामना दिओस् ।’ उनले राष्ट्रलाई राम्रोसँग बुझ्न सकेन भने मुलुक दुर्घट्नामा पर्ने सक्ने तर्फ सचेत गराउँदै त्यसको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले भने,‘रिपोर्टर्स क्लब नेपाल र ऋषि धमलाले धेरै प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ, धमलाजी र क्लबको आँफ्नै नेचर र नेटवर्क छ ।’ उनले पत्रका धमलाले बोलेका कुराहरु प्रायः सबै पूरा भएको भन्दै अब संविधान कार्यान्वयनको लागि दबाबमूलक कार्यक्रममार्फत लिएको पहलकदमी पनि निरन्तर चलिरहोस्् भन्ने कामना गरे ।

prachanda dancing
आफू भारतको गोवामा ब्रिक्स सम्मेलनमा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँगको भेटमा आफूले त्रिदेशीय साझेदारीको कुरा उठाएको स्मरण गर्दै आफ्नो उक्त प्रस्तावमा दुवै देशका प्रमुखभहरु सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो । उनले अघि भने,‘मैले त्रिपक्षीय भेटवार्तामा त्रिदेशीय साझेदारीको कुरा उठाउनुको साथै नेपालमा अस्थिरता भयो भने तपाईहरुलाई पनि घाटा हुन्छ भनेको थिएँ, उहाँहरु मेरो प्रस्तावमा सहमत हुनुभएको छ ।’
पत्रकार धमलाको आग्रहलाई हार्न नसकेर प्रधानमन्त्री दाहाल छमछमी नाचेका थिए ।
१४ कार्तिक २०७३

वि.सं.२०७३ कात्तिक १४ आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

दुम्कीवास–दाउन्ने सडक खण्ड: ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’   

वि.सं.२०८२ असार ७ शनिवार ०६:४६

मध्यविन्दु (नवलपरासी) : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसङ पराजित   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३७

काठमाडौँ :  त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल   घरेलु...

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात   

वि.सं.२०८२ असार ७ शनिवार ०६:३३

वीरगञ्ज (पर्सा) :  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ७ शनिवार ०६:२८

काठमाडौँ   : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

आज ७ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईंको राशिफल ?

वि.सं.२०८२ असार ७ शनिवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

नागार्जुन नगरपालिकाका मेयर बस्नेत ९ करोड घुसकाण्डमा दोषी ठहर

वि.सं.२०८२ असार ६ शुक्रवार १८:२२

काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएको मुद्दामा विशेष...