
रुकुम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढङ्गले प्रधानमन्त्री बन्ने षड्यन्त्र गरेकाले महाभियोग प्रस्ताव ल्याउनुपरेको खुल्न आएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले रुकुम पुगेर यस्तो खुलासा गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) रुकुमले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे ।
कार्कीले ‘राज्यलाई नै आतङ्कित गरेर शक्ति हत्याउने खेल खेलेकाले’ उनलाई महाअभियोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माले बताए ।
प्रकाशित मितिः २०७३ कार्तिक १६
वि.सं.२०७३ कात्तिक १६ मंगलवार १८:५० मा प्रकाशित