back

तीन महिनामा १७९ उद्योग थपिए

Kumari bank ad

बाँके। आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा जिल्लामा एक सय ७९ उद्योग दर्ता भएका छन् ।

चालु आवको साउन, भदौ र असोजमा यी उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले जानकारी दिए । दर्ता भएका उद्योगमा उर्जा, होटल, रेष्टुरेन्ट, पर्यटन सम्बन्धि र सेवातर्फका रहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल र रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो अवस्थामा रहेको बताइएको छ । आव २०७२/७३ मा स्थापना भएका ६३० उद्योगमा एक हजार २५२ महिला र दुई हजार ५१७ पुरुषले रोजगारी पाएका थिए । ती उद्योगले सो अवधिमा रु चार अर्ब १७ करोड ३७ लाख ५६ हजार लगानी गरेका थिए ।

उद्योग दर्ताबाट रु ५० लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो । पछिल्लो समय जिल्लामा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता हुने क्रम बढेको छ । आव २०७२/७३ मा ४०८ वटा कृषि तथा वन सम्बन्धि उद्योग दर्ता भएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १६

वि.सं.२०७३ कात्तिक १६ मंगलवार १५:०१ मा प्रकाशित

You can share this post!

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...