back
NMB ad

बाटो डिष्टर्ब,यसरी गरियो भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास

Kumari bank ad

काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास तिहारको भाईटिकाको दिन आज गरिएको छ ।

आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो ।

राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो ।

पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी आजको सवारी पुर्व अभ्यास समापन भएको थियो ।

सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ ।

sawari1

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको जानकारी दिए ।

सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टिका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १६

वि.सं.२०७३ कात्तिक १६ मंगलवार १४:५५ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ   

काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर लागुऔषध कारोबार गर्ने मलेसियन नागरिक पक्राउ   

वि.सं.२०८१ असार ३० आइतवार १४:२३

काठमाडौँ :  प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक...

निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते     

निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते     

वि.सं.२०८१ असार ३० आइतवार १२:४७

बटलर, संयुक्त राज्य अमेरिका, ३० असार : अमेरिकी रिपब्लिकन पार्टीद्वारा...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ असार ३० आइतवार ११:४०

काठमाडौ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...