back
NMB ad

ऋण खोजेर लघुजलविद्युत् सुचारु,फाईदा कति हुन्छ अब ?

Kumari bank ad

गोरखा । गोरखाको लापु गाविसका स्थानीयवासीले भूकम्पले क्षति पुर्याएको नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना ऋण खोजेर पुनःनिर्माण गरेका छन् ।

घर÷घरबाट रु पाँच÷पाँच हजारका दरले स्थानीयवासीले पैसा जुटाएपछि १० किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाको मर्मत सम्पन्न भएको उपभोक्ता समितिका सदस्य जीव गुरुङले बताए ।

अठार महिनाअघिको भूकम्पले खोलाबाट आयोजनासम्म पानी ल्याउने कुलो तथा विद्युत्को पावर हाउसमा क्षति पु¥याएको थियो । ऋण खोजेको पैसाले आयोजना मर्मत गरेपछि विद्युत् उत्पादन सुरु भएपछि गाउँ उज्यालो भएको गुरुङले बताए ।

उक्त विद्युत् लापु गाविसको वडा नं २, ५ र ९ वडाका १०० टहरोमा जडान गरिएको छ। विद्युत् सुचारु भएपछि गाउँले खुसी भएका छन् । बिद्युत्का कारण कुटानीपिसानी गर्न, रेडियो सुन्न, टिभी हेर्न र टेलिफोनका टावर सञ्चालनमा सजिलो भएको छ । त्यस्तै उज्यालोमा बसेर विद्यार्थीले पढ्न पाएका छन् । विद्युत् अवरुद्ध हुँदा गाउँलेले सल्लाको दियालो, मट्टितेल राखेर टुकी बत्ति बाल्नुपर्ने बाध्यता थियो ।

रु चार लाख लगानी गरी विद्युत् आयोजनाको मर्मत गरिएको हो । जिविस गोरखासँग आयोजना मर्मतका लागि बजेटको माग गरिए पनि नपाएपछि गाउँलेले आफैँ आयोजनाको मर्मत गरेका हुन् । भूकम्पले क्षति पु¥याएका ३० भन्दा बढी लघुजलविद्युत् आयोजना बजेट अभावले मर्मत हुन सकेका छैनन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १७

वि.सं.२०७३ कात्तिक १७ बुधवार १५:२० मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...