back

भीभीआईपी भ्रमणले धर्ती र आकाश सबैतीर ट्राफिक जाम !

Kumari bank ad

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबार दिउँसो नेपाल भ्रमणका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदा त्यसको प्रभाव दिनभर पर्यो ।

भीभीआईपीको सवारीको समयमा ४५ मिनेटको विमानस्थल बन्दका कारण हवार्इ मार्ग व्यस्त भएको विमानस्थल कार्यालयले जनाएको छ ।

आन्तरिक र वाहृय उडानका वायुसेवाले तीन घण्टासम्म होल्ड गरेर उडान गर्नुपरेका कारण आकाशमार्ग व्यस्त हुन पुगेको थियो ।

त्रिभुवन विमानस्थलको एउटा मात्रै धावनमार्ग हुनु, आन्तरिक र अन्तराष्ट्रिय उडानका वायुसेवाको उडान तथा अवतरण एउटै हुनु र दैनिक दुई सयभन्दा बढी उडान हुनु काठमाडौं विमानस्थलका प्रमुख समस्या हुन् ।

जब मुखर्जी विमानस्थलमा ओर्ले त्यसपछि राष्ट्रपति बिद्या भण्डारी सहित उच्च पदस्थले उनलाई भव्य स्वागत गरे । त्यो क्रम चलिरहँदा नै धर्ती(सडक)मा ट्राफिक जाम भईसकेको थियो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । तर ११ बजेपछि नै काठमाडौंको सवारी आवागमन प्रभावित मात्र नभइ एक प्रकारको अघोषित करफ्यु लागेको जस्तै देखियो ।

कतिपय स्थानमा घरका झ्याल ढोकासमेत बन्द गर्न प्रहरीले निर्देश गरेको स्थानीयले गुनासो गरे ।

यता प्रहरीले भने जनताले सास्ती बेहोर्नुनपरेको भनाई सार्वजनिक गरेको छ ।

गाडी चल्न नदिने र सर्वसाधारण समेत हिड्न नपाउने भएपछि चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिएपछि ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाउँदै सर्वसाधारणलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको थियो। तर वैकल्पिक मार्ग कुन–कुन हो ? वैकल्पिक मार्ग प्रयोग गर्न सुझाउने ट्राफिक प्रहरीलाई समेत थाहा थिएन ।

कतिपयले यहि विषयलाई लिएर कोटेश्वरबाट कलंकी जानुपर्नेले वैकल्पिक मार्ग भनेको कोटेश्वरबाट फर्केर बर्दिबासको सडक हुँदै घुमेर नारायणघाट मुग्लिन सडकमार्ग हुँदै काठमाडौ आउनु भनेको हो सरकार ? भनेर प्रतिप्रश्न गर्दै सामाजिक संजालमा बिरोध गरेको भेटियो । पुष्पगुच्छाले भारतीय राष्ट्रपतिको स्वगत गर्नुपर्ने सर्वसाधारणले जताततै जनताले सास्ती मात्रै बेहोरे । यता यसै विषयलाई लिएर देशैभर दिइएको सार्वजनिक बिदाको पनि बिरोध भएको छ ।

तर परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत भने बिदेशी ठूला पाहुनाको भ्रमणको बेला यस्तै हुने यसलाई जनताले सास्ती बेहोरे भन्न नमिल्ने बताउँछन् । बिदेशी राष्ट्रप्रमुखलाई सुरक्षा दिन पनि यसो गर्नुपरेको उनको स्पष्टोक्ति रहेको छ । उनले भने, सुरक्षा निकायले मूल्याङ्कन गर्यो । सुरक्षाका दृष्टिकोणले पनि सानो समस्या नआओस् भनेर हाम्रो पहिलो प्राथमिकता रह्यो । यसलाई अन्यथा लिनुहुँदैन, यो वास्तविकता हो । यस्तो भ्रमणमा सुरक्षाको प्राथमिकता दिनैपर्छ । अनावश्यकरुपमा रोक्ने छेक्ने काम भएको छैन, परराष्ट्रमन्त्रीले भने ।

भाईटिकाको भोलिपल्ट भएका हुनेले धेरैले दुःख पाएनन् भन्ने हाम्रो मूल्याङ्कन रहेको छ । बिदाका कारण मानिसहरु घरमै बसेका थिए र दुःख पाएनन्, उनले भने ।

प्रकाशित मितिः २०७३ कार्तिक १८

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०९:०१ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...