
काठमाडौ। एसियाली विकास बैंक (एडिबी) ले रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ । बैंकले उक्त ऋणमध्ये रु पाँच करोड अनुदानस्वरुप उपलब्ध गराइने मनिलास्थित उक्त बैंकको प्रधान कार्यालयले जनाएको छ ।
नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्नका लागि एडिबीले उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ । नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न उपलब्ध गराइने उक्त ऋण र अनुदान दुई सयवटा नमूना विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । ती नमूना विद्यालय भवन विपद् जोखिम सामना गर्नसक्ने खालका हुनेछन् ।
प्रकाशित मितिः २०७३ कार्तिक १८
वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:२३ मा प्रकाशित