back

नेपालमा १००० मेघावाट हाईड्रोमा सहकार्य गरेको आन्द्रिज हाइड्रो नयाँ रणनीतिमा

Kumari bank ad

काठमाडौ। अस्ट्रियामा मुख्य कार्यालय रहेको आन्द्रिज हाइड्रोले दुई/तीन महिनाभित्र नेपालमै यसको कार्यालय खोल्ने भएको छ ।

विश्वका करिब ६० देशमा आफ्नो कार्यालय विस्तार गरिसकेको कम्पनीले नेपालमा पनि कार्यालय खोल्ने जानकारी दिएको हो । विश्वभरमा जलविद्युत् निर्माणका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको उक्त कम्पनीले नेपालको कुलेखानी जलविद्युत् परियोजनाका लागि काम गरिसकेको छ ।

यसबाहेक माथिल्लो तामाकोसी, मध्य मस्र्याङ्दीलगायत राष्ट्रिय गौरवका मुख्य आयोजनासहित करिब १००० मेघावाटका लागि आन्द्रिजको सहकार्य छ । जसमध्ये १२० मेघावाटको काम भइसकेको छ ।

जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘ कस्टमर डे’ मनाएको छ ।

‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको एक कार्यक्रमका बीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुभारम्भ गरे ।

कार्यक्रम सुभारम्भ गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले आन्द्रिजको कार्यालय विस्तारले नेपालमा जलविद्युत् लगानीको सम्भावनामा वृद्धि हुने बताउँदै यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक १८

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १५:४५ मा प्रकाशित

You can share this post!

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय, आईपीओ हात पार्न भाग्यकै भर

वि.सं.२०८० मंसिर १७ आइतवार १८:०३

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँडको मिति तय भएको...

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

वि.सं.२०८० मंसिर १७ आइतवार १७:५४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु...

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:४५

काठमाडौँ, १७ मङ्सिर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन...

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा २८ हजार ४७९ जनाले दिए आवेदन

वि.सं.२०८० मंसिर १७ आइतवार १७:३३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ   

वि.सं.२०८० मंसिर १७ आइतवार १७:०८

काठमाडौँ, १७ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला...