
बैतडी। बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र (एआरटी) बिहिबारदेखि सञ्चालनमा आएको छ ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको छ । एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।
बैतडीको तल्लोस्वराडमा नियमित एआरटी खाँदै आएका १७ जना एचआइभी सङ्क्रमित रहेका छन् । यस सँगै बैतडीमा दुई ठाउँमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक १९
वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०८:३५ मा प्रकाशित