
काठमाण्डौ । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् ।
१२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । विश्वभरबाट आउने भोटको आधारमा विजेता घोषणा गरिनेछ ।
माओवादी सेनाकी पूर्व लडाकु भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।
मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु मनोनयमा राखिएका छन् । उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिन सकिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ भने आगामी डिसेम्बर १६ सम्म भोट गर्न सकिनेछ ।
बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।
१९ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १२:०४ मा प्रकाशित