back
SKIP
Prabhu Bank Road Block Ad

लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा

Kumari bank ad

काठमाडौ। लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेको छ ।

चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो ।

भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति शङ्करप्रसाद पाण्डेलगायत नेपाली व्यवसायीले नेपाल विस्तारै राजनीतिक स्थिरतातर्फ अघि बढिरहेकाले यहाँ लगानीका अवसर प्रचुर रहेको जानकारी चिनियाँ प्रतिनिधिमण्डललाई गराएका थिए ।

महासङ्घका पदाधिकारीले ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा युनानी लगानी परिचालन गर्न आग्रह गरेका थिए ।

चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीहरुको आदानप्रदानमा जोड दिएको थियो ।

प्रकाशित मितिः २०७३ कार्तिक १९

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार २०:१४ मा प्रकाशित

You can share this post!

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ : राजेन्द्रप्रसाद पाण्डे

वि.सं.२०८० मंसिर २३ शनिवार १०:५८

हेमन्त जोशी काठमाडौँ, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत...

केही स्थानमा हिमपातको सम्भावना

केही स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:५९

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४८

काठमाडौँ, २२ मङ्सिर : काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल...

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै   

जर्मनी सरकारबाट पाँच अर्ब अनुदान प्राप्त हुँदै   

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

काठमाडौँ, २२ मङ्सिर : जर्मनी सरकारले करिब रु पाँच अर्ब...

आज २३ मंसिर २०८० शनिवार, यस्तो छ आजको राशिफल

आज २३ मंसिर २०८० शनिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:३५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने   

नेपालमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने   

वि.सं.२०८० मंसिर २२ शुक्रवार १७:५७

काठमाडौँ, २२ मङ्सिर : आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका...