
काठमाडौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या समाधानका अरुको दबाब, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गरे ।
“मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ लाग्नुपर्छ, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ”,पूर्वप्रधानमन्त्री नेपालले भने ।
प्रकाशित मितिः २०७३ कार्तिक २०
वि.सं.२०७३ कात्तिक २० शनिवार १७:३४ मा प्रकाशित