
दाङ । दाङमा मध्येपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन एवम् औद्योगीक कृषी मेला आयोजना हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १३ गते देखी २३ गते सम्म क्षेत्रिय स्तरको व्यापारीक मेला संचालन हुने भएको हो ।
पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमीका निर्वाह गर्दै आइरहेको तुलसीप्ुार उद्योग वाणिज्य संघले मध्यपश्चिमाञ्चल क्षेत्रको उधोग, ब्यापार, पर्यटन, सुचना प्रविधि, कृषि, संस्कृतिको विकास तथा प्रवद्र्घन गर्ने र दाङको तुलसीपुरमा वहुआयामीक सभा गृह निर्माण गर्ने उद्घेश्यले महोत्सवको आयोजना गर्न लागको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए । यसअघि तुलसीप्ुाुर उद्योग वाणिज्य संघका मानार्थ सदस्य एवम युवा व्यवसायी यज्ञ वहादुर के.सी ले तुलसीपुर – ९ दोघरेमा प्रदान गर्नु भएको एक करोड वरावरको जग्गामा वहुआयामीक सभा गृह निर्माणार्थ व्यापारिक मेला संचालन गर्न लागेको रिजालले बताए ।
अध्यक्ष रिजालले प्रदेश नं. ५ को राजधानी दाङ स्थापना र दवाव सृजना गर्न समेत यसले महत्वपुर्ण भुमीका निर्वाह गर्ने दावी गरे ।
यता तुलसीपुर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न कार्यसमितिको नियमित वैठकले संघका अध्यक्ष विमल रिजालको संयोजकत्वमा पाँच सय एक सदस्यीय महोत्सव आयोजक मुल समिति गठन गरको छ । मुल समितिमा यस क्षेत्रका विभिन्न संघ सस्था, सञ्चार संस्था,क्लव तथा कृयासिल समुह, टोल विकास संस्थाहरुलाई सदस्यमा समावेश गरीएको वाणिज्य संघका प्रेश सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक २०
वि.सं.२०७३ कात्तिक २० शनिवार १७:५६ मा प्रकाशित