
काठमाण्डौं । २० हजार सार्वजनिक गाडीको रोड पर्मिट नदिने भएकोछ । कवाडीमा बेच्नुपर्ने झण्डै ५ हजार सार्वजनिक सवारी अहिले काठमाडौं उपत्यकामा नै गुडिरहेकोमा देशभरमा झण्डै २० हजार सार्वजनिक सवारी यस्तै कवाडी हुनसक्ने बताइएको छ ।
पुराना गाडीले प्रदुषण बढी बढाउने र मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने भएकाले पुराना गाडीहरु विस्थापन गर्ने योजनाअनुसार अहिलेसम्म उपत्यकाबाट १३ सय वटा पुराना ट्याक्सीहरु हटाइएको छ । यही योजना अनुसार अब २० हजार गाडीको रोड पर्मिट नदिने र १५ वर्षभन्दा पुराना गाडीहरुको नविकरण गनेर्न योजना सरकारले ल्याएकोछ ।
विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयू तोक्ने गर्छ । पहिले यो व्यवस्था थिएन ।
२३ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक २३ मंगलवार ११:३१ मा प्रकाशित