back
Kumari Bank

‘५० हजारले कसरी घर बनाउने ?’

Nepal Bank

रशिला होमागाई
भक्तपुर । भूकम्पले घर भत्काएर घरबार विहिन भएका पीडितले सरकारले दिने पहिलो किस्ता वापतको ५० हजार रुपैयाँले घरको जग हाल्न समेत नपुग्ने गुनासो गरेका छन् ।
जिल्ला विकास समिति भक्तपुर र नगरकोट नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज एवम् ग्रामिण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्प पीडितहरुले सरकारले दिने राहत अनुदान वापतको पहिलो किस्ता रकमले घर बनाउन समस्या पर्ने भएकाले पुर्नवासका लागि दिने भनिएको राहत अनुदानको सबै रकम एकैपटक दिन माग गरका छन् ।
सुनुवाई कार्यक्रममा नगरकोट नगरपालिका–१ ताथलीका सुमन थापाले भने, ‘५० हजारले कसरी घर बनाउने र कस्तो घर बनाउने ? यस्तो नियमले हामीलाई समस्या प¥यो ।’ ताथलीकै राजेन्द्र थापाले भूकम्प पीडितको तथ्याङ्क संकलन धेरै पटक भएको तर, राहत रकम भने नआएको गुनासो गरे ।
उनले पछिल्लो पटक आएको सूचिमा भूकम्प पीडितको नाम हटाएर विवरण पठाएको भन्दै नाम छुटेको पीडितको थप विवरण नआएसम्म राहत वितरण हुन नदिने भन्दै आक्रोस पोखे । कार्यक्रममा नगरकोट नगरपालिका २ ताथलीका बबिता राउतले भनिन्, ‘सरकारले पहिलो किस्ताको रकम साढे एक बर्षमा पनि दिएको छैन, अरु रकम कहिले आउने हो । हामी सधैं टहरामै बस्ने हो ? सरकारले हामीलाई कहिले न्याय गर्छ ?’
ताथलीकै रुद्र बहादुर खड्काले भूकम्प पूनर्निमाणर््ा प्राधिकरणले पठाएको पछिल्लो सूचिमा वास्तविक पीडितको नाम छुटेकाले सूचि सच्याएर पठाउन माग गरे । भूकम्प पीडित प्रमिला नेपालीले पुर्खादेखी भोगचलन गर्दै आएको जग्गामा रहेको घर भूकम्पले भत्काए पनि लालपुर्जा नहुँदा राहत लिन समस्या परेको बताइन् । जग्गा मोहीको नाममा रहेको तर, आफ्नो नाममा लालपुर्जा नभएका कारण अनुदान लिन समस्या परेको बताइन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भूकम्प पीडितको गुनासो सम्बन्धित निकायमा पठाई समस्या समाधानका लागि पहल गर्ने बताए । पौडेलले मातहत मन्त्रालय र निकायले निर्देशित गरेका केही नीतिगत समस्याहरु बाहेक अन्य जिल्लास्तरिय समस्याहरुको समाधानका लागि सम्बन्धित कार्यालयलाई तत्काल कामकारवाही अगाडि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा भक्तपुरका स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला र नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले जनताको माझबाट उठेका साझा समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । सो अवसरमा सूचना अधिकार समाज भक्तपुरका
सुनुवाईमा जिल्ला प्राविधिक कार्यालय भक्तपुरका प्रमुख जिल्ला इन्जिनियर माधवजंङ्ग कार्की, सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारी, महिला तथा बालबालिका कार्यालयका प्रमुख निला घिमिरे, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानालगायतले जनताबाट प्राप्त गुनासा र सुझावका आधारमा कार्य गर्ने बताए ।
कार्तिक २४, २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:३७ मा प्रकाशित

You can share this post!

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...