back
Kumari Bank

नेप्से १७ सय अंकबाट तल ओर्लियो, सबै समूहमा दोहोरो अंकको गिरावटले लगानीकर्ता निराश

Nepal Bank

काठमाडौ । बुधबार सेयर बजार परिसूचक नेप्से २७.६३ अंकले घटेर १६९६.८६ अंकमा आईपुगेको छ ।

यसदिन कारोबार रकम समेत घटेको छ। बजारमा दिनभरीमा १२७ कम्पनीका ६८ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
कारोबार भएका सबै समूह दोहोरो अंकले घटेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । सबैभन्दा धेरै बीमा समूह १५८.८६ अंकले घटेको छ भने होटल ६३.७५ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः २४.७, ३५.९, ३७.५, १० र ११.२८ अंकले घटेका छन् ।

कारोबारका आधारमा बुधबार सिभिल बैंकको कारोबार अग्रस्थानमा छ, जसको तीन करोड ९२ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एभरेष्ट बैंक र भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको क्रमश तीन करोड ६८ लाख र ३ करोड ६२ लाख रुपैंयाको कारोबार भई दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।
नेशनल लाइफ इन्स्योरेन्सको कम्पनीको तीन करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्सको दुई करोड ६९ लाख रुपैयाँको कारोबार हुँदा मुक्तिनाथ विकास बैंकको एक करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पौने दुई करोडको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको एक करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार सेयर बजारमा मात्र हैन विश्व अर्थतन्त्र नै प्रभावित बनेको अवस्था छ । सबैको अनुमान विपरीत डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि विश्व सेयर बजार नै खस्किएको छ । त्यसमाथि, भारतीय ५ सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाइएपछि त्यसको प्रभाव पनि नेपाली सेयर बजारमा देखिएको छ । यसको प्रभाव लामो समयसम्म रहने अनुमान गरिएको छ । बजारबाट लगानीकर्ताहरु निराश देखिएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १६:४० मा प्रकाशित

You can share this post!

चालु खाता र शोधनान्तर दुवैमा उच्च बचत, वैदेशिक लगानी ११ अर्ब नाघ्यो

चालु खाता र शोधनान्तर दुवैमा उच्च बचत, वैदेशिक लगानी ११ अर्ब नाघ्यो

वि.सं.२०८२ असार २४ मंगलवार १२:३४

काठमाडौं : देशको चालु खाता तथा शोधनान्तर स्थिति सकारात्मक रहँदा...

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ जना बेपत्ता   

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ जना बेपत्ता   

वि.सं.२०८२ असार २४ मंगलवार १२:२९

काठमाडौैँ : रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान...

विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढ्यो, एघार महिनामा १५ खर्ब ३२ अर्ब नाघ्यो

विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढ्यो, एघार महिनामा १५ खर्ब ३२ अर्ब नाघ्यो

वि.सं.२०८२ असार २४ मंगलवार १२:२१

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा नेपालमा भित्रिएको...

मुद्रास्फीति २.७२ प्रतिशत, हिमाली क्षेत्र र कोशी प्रदेशमा उच्च दर कायम

मुद्रास्फीति २.७२ प्रतिशत, हिमाली क्षेत्र र कोशी प्रदेशमा उच्च दर कायम

वि.सं.२०८२ असार २४ मंगलवार १२:१२

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा वार्षिक विन्दुगत...

मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित, विप्रेषण आप्रवाहमा दोहोरो अंकको वृद्धि

मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित, विप्रेषण आप्रवाहमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८२ असार २४ मंगलवार १२:०२

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्म (२०८२ जेठ...

असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

वि.सं.२०८२ असार २४ मंगलवार ११:३६

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि...