काठमाडौ । रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टर ९आरएमडिसी०ले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा १७ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल आरएमडीसीको चुक्तापुँजी ६२ करोड ९२ लाख रुपैयाँ छ । प्रस्तावित बोनस बितरण पश्चात आरएमडिसीको चुक्ता पूँजी साढे ६८ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।
प्रकाशित मितिः २०७३ कार्तिक २४
वि.सं.२०७३ कात्तिक २४ बुधवार १६:२४ मा प्रकाशित