back

सूर्य हेर्न होमस्टेको एकैघरमा ३,६०० पर्यटक, १८ लाख आम्दानी

Kumari bank ad

इलाम । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गाह्रो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक तीनहजार छ सयजना आएर पर्यटक बास बसेका छन् ।

पछिल्लो समय नेपालमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको छ ।  सूर्योदय हेर्नकै लागि त्यहाँसम्म पर्यटकहरु पुग्ने गरेका छन् ।

अन्तुडाँडा क्षेत्रमा सञ्चालन भएका २० वटा होमस्टेमध्ये आधाभन्दा बढीमा नियमित पर्यटकको आगमन हुने गरेको छ । अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष समेत रहेका धनकुमार आलेका अनुसार त्यहाँ सञ्चालित होमस्टेमा दिनहुँ ३० देखि ५० जनाको हाराहारीमा पर्यटक आएर बस्ने गरेका छन् ।

उनले भने – ‘अहिले सूर्योदयको सिजन हो । अन्तु क्षेत्रमा यो बेला दैनिक दुईसयभन्दा बढी पर्यटकको आगमन हुने गरेको छ । कहिलेकाहीँ त पाँचसय भन्दा बढी नै हुन्छन् ।’ आगमनको यो सङ्ख्या गएको दशैँ पछि हो ।
दशैँलगत्तै दिन खुलेका र घाम लागेका कारण सूर्योदयको दृश्य पनि राम्रो देखिने कारण त्यहाँ पर्यटकको आगमनमा पनि बृद्धि भएको हो ।

आलेका अनुसार उनले संचालन होमस्टेमा वर्षभरिमा तीनहजार छ सय पर्यटक आएर बास बसेका छन् । त्यस अतिरिक्त अन्य होमस्टेहरुमा मात्र यो सङ्ख्यामा पर्यटक गएर बसेको उनले सुनाए ।

उनले आप्mनो होमस्टेमा सरदर प्रति पर्यटकबाट पाँचसय रुपैयाँ खर्च हिसाब गर्दा पनि वर्षमा १८ लाख रुपैयाँ बराबरको कारोबार भएको बताए । उनले भन्नुभयो – ‘एउटा पर्यटकबाट कम्तीमा पाँचसय खर्च हुन्छ यहाँ । त्यही हिसाबले भन्ने हो भने वर्षमा मेरो होमस्टेमा मात्र १८ लाख रुपैयाँ भित्रिन्छ ।’

केन्द्रका अनुसार अन्तुडाँडा परिसरमा वार्षिक ४० हजार भन्दा बढी पर्यटक भित्रिन्छन् । पहिले ४० वटाको हाराहारीमा होमस्टे दर्ता गरेर सञ्चालन गरिएको भएपनि कतिपय डाँडाभन्दा टाढा रहेको तथा महोत्सवमा बाहेक अन्य अवस्थामा तलसम्मका होमस्टे सञ्चालन गर्न कठिनाइ हुने भएकाले डाँडाबाट नजिकमा भएका २० वटा होमस्टेमात्र अहिले सञ्चालनमा छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार २०:०४ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...