काठमाडौ। मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त मनी चेञ्जरहरुसँग १,००० र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ ।
हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि नेपाल राष्ट्र बैंकले सो जानकारी दिएको हो । राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितका अनुसार सर्वसाधारणसँग रहेको रकमको व्यवस्थापन र बैंकिङ प्रणालीमा रहेको रकमबारे जानकारी सहित राष्ट्र बैंकले रिजर्भ बैंक अफ इन्डियालाई पत्र पठाएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको उक्त रकम नै अन्तिम भएको सहप्रवक्ता पण्डितले जानकारी दिएका छन् । मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम नभएको तर सर्वसाधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक २५
वि.सं.२०७३ कात्तिक २५ बिहीवार १७:४५ मा प्रकाशित