काठमाडौ। स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाइै ५३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले ३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ दशमलब ६८४२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।
बैंकको बुधबार बसेको २५८औँ बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रकाशित मितिः २०७३ कार्तिक २५
वि.सं.२०७३ कात्तिक २५ बिहीवार १६:४४ मा प्रकाशित