
काठमाण्डौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार हरियो भएर बन्द भएको छ । आज बजार ०.३१ अंकले बढेर बन्द भएको छ ।
आज बजारमा निर्धन उत्थान बैंकले पौने सात प्रतिशतले सम्पति बढाएको छ। दिनभरीमा १२९ कम्पनीका ७० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैंक, अन्य र होटल समूह केही उक्लिँदा बजार हरियोजस्तो देखिएको हो। बिमा, फाइनान्स, जलविद्युत र विकास बैंक सुचक भने रातै छन्।
बिहीबार बैंक अफ काठमाण्डू लुम्बिनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ। बैंकको चार करोड ३१ ला खरुपैयाँको किनबेच भएको छ। सिभिल बैकको चार करोड १२ लाख र एभरेष्ट बैंकको तीन करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
२५ कार्तिक २०७३, ३।४०
वि.सं.२०७३ कात्तिक २५ बिहीवार १५:४८ मा प्रकाशित