back
NMB ad

के तपाई घर बनाउँदै हुनुहुन्छ ? तपाई निरीक्षणमा पर्दै हुनुहन्छ है !

Kumari bank ad

काठमाण्डौं । भूकम्पबाट अति प्रभावित ११ जिल्लाका पीडितले पहिलो किस्ताको ५० हजार  रुपैयाँ लिई पुनःनिर्माण सुरु गरेपछि त्यसको निरीक्षण हुने भएको छ । यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ तयार पारेको छ ।

भूकम्पबाट क्षति भएका निजी घर पुनःनिर्माण, प्रवलीकरण वा मर्मत गर्नुपर्ने संरचना, भूकम्प प्रतिरोधात्मक बनाउनका लागि सिफारिस गरिएको प्राविधिक ढाँचा र निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर यकिन गर्न निरीक्षण कार्यविधि तयार पारिएको प्रवक्ता रामप्रसाद थपलियाले बताए।

“पुनःनिर्माण कार्यमा खटिएका प्राविधिकहरुका लागि निरीक्षणको एकीकृत प्रक्रिया तोक्न आवश्यक भएकाले पनि कार्यविधि तयार पारिएको हो, कार्यविधिमा निजी आवास पुनःनिर्माण कार्यक्रमअन्तर्गत बन्ने घरको निरीक्षण प्रक्रियासमेत उल्लेख गरिएको छ” –उनले भने।

कार्यविधिमा नक्सा पास प्रक्रिया, निर्माण कार्यको निरीक्षणजस्ता पुनःनिर्माणसँग सम्बन्धित विषय उल्लेख गरिएको छ । घर पुनःनिर्माण कार्य सम्पन्न, प्रवलीकरणरमर्मत सम्भार कार्यको निरीक्षण प्रक्रिया, तेस्रो पक्षबाट प्राविधिक अनुगमन, अनुदान सम्झौताअगावै पुनःनिर्माण भएका घरको निरीक्षण प्रक्रियाजस्ता विषय पनि कार्यविधिमा उल्लेख गरिएको प्रवक्ता थपलियाले बताए।

२६ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...