
काठमाण्डौं । सरकारले विद्युत आयोजनामा नेपाली जनातलाई २७ प्रतिशत लगानी गर्न दिने भएको छ । ‘नेपालको पानी जनताको लगानी’ नाम दिएर ऊर्जा मन्त्रालयले जलविद्युत आयोजनामा सर्वसाधारणको २७ प्रतिशत लगानी सुरक्षीत गर्न लागेको हो ।
यस विषयमा जानकारी दिनका लागि हिजो ऊर्जा मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो । यस कार्यक्रम अनुसार हाइड्रोपावरमा अब आम नागरिकले १७ प्रतिशत लगानी गर्न पाउनेछन् र आयोजाना प्रभावितले १० प्रतिशत लगानी गर्न पाउनेछन् ।
अपर अरूण, दुधकोशी, तमोर, सुनकोसी–३, लाङटाङ, नलसिङगाड, उत्तरगङ्गा, नौमुरे र तिला–१ लगायतका बहुप्रतिक्षित र ठूला आयोजनामा जनताले प्रत्यक्ष लगानी गर्न पाउने भएका छन्।
बुढीगण्डकी र तामाकोसी–३ जस्ता ठूला आयोजनामा सरकारले वैदेशिक लगानी व्यवस्थापन गरि अगाडि बढाउने प्रतिबद्धता यसअघिनै जनाइसकेको थियो। पश्चिम सेती आयोजनालाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप विकास गर्ने ऊर्जा मान्त्रालयको प्रतिबद्धता छ।
एक दर्जन आयोजनाहरूमा सर्वसाधरणले लगानी गर्न पाउने गरी ऊर्जा मन्त्री जनार्दन शर्माले यसअघिनै प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेका छन् ।
२६ कार्तिक २०७३, १।००
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १३:४६ मा प्रकाशित