back
NMB Ad

डेढ महिनाभित्रै ४५ मेगावाट बिजुली थपिंदै, चालु आवको अन्त्यसम्म २०० मेगावाट थपिने

काठमाडौ। आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ ।

मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही साना आयोजनाले अझै विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २५ मेगावाट क्षमताको ‘मादी ए’ जलविद्युत् आयोजनाले आगामी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने जानकारी दिए । यस्तै ६ मेगावाटको दरौँदी आयोजना सम्पन्न भइसकेको छ ।

सो आयोजनाले पनि आगामी महिनाभित्रै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् थप गर्ने लक्ष्य राखेको छ । यस्तै १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना पनि प्राधिकरणको प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । सो आयोजनाले केही समय पहिल्यै परीक्षण प्रसारण सम्पन्न गरिसकेको छ ।

यस्तै अर्को दुई महिनामा १२ मेगावाट बिजुली थप हुने मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिए । हाल ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ । सो आयोजनाबाट हाल २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने प्राविधिक तयारीपछि २५ मेगावाट थप हुनेछ । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको सो आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानी रहेको छ ।

विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया पनि सुरु गरिएको सचिव उपाध्यायले जानकारी दिएका छन् । उनकाअनुसार अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशुली १ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसँग पीडीए अन्तिम चरणमा पुगेको छ ।

सरकारले चालु आवको अन्त्यसम्म करिब दुई सय मेगावाट विद्युत् थप हुने बताउँदै आएको छ । त्यसमा कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट र निजी क्षेत्रका अन्य आयोजना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १५:०१ मा प्रकाशित

You can share this post!

सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:५३

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर पुनः बिक्री खुला, छुटेका लगानीकर्तालाई कहिलेसम्म मौका ?

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर पुनः बिक्री खुला, छुटेका लगानीकर्तालाई कहिलेसम्म मौका ?

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:३८

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १:१ अनुपातमा जारी...

सूर्यज्योति लाइफद्वारा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन, बीमाशुल्क ७ अर्ब ५१ करोड नाघ्यो

सूर्यज्योति लाइफद्वारा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन, बीमाशुल्क ७ अर्ब ५१ करोड नाघ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:२१

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष...

हिमालयन लघुवित्तको नाफा ३६९ प्रतिशतले वृद्धि, इपिएस २२ रुपैयाँ नाघ्यो

हिमालयन लघुवित्तको नाफा ३६९ प्रतिशतले वृद्धि, इपिएस २२ रुपैयाँ नाघ्यो

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:०९

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने   

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १०:०२

काठमाडौँ : काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०९:५९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...