
काठमाण्डौं । बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी भएको हो ।
चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २० करोड ६३ लाख रूपैैंयाँ छ । हालसम्म बैंकले ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ६८ पैसा छ । यसैगरी प्रतिसेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ९० पैसा छ ।
२९ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक २९ सोमवार १२:१६ मा प्रकाशित