back
NMB Ad

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य पेसा घरमा रङ्ग लगाउने (पेन्टिङ) थियो । विगत दुई वर्षदेखि पेन्टिङको काम नपाएपछि उहाँ अहिले तरकारी व्यापारमा लाग्नुभएको छ ।

आर्थिक मन्दीले घर निर्माण ठप्प भएपछि घर बनाउने र रङ्ग लगाउने सेन्चुरी जस्ता मजदुरहरु जीविकाका लागि वैकल्पिक पेसा अपनाउन बाध्य छन् । “पेन्टिङको काम पाउन छोडेपछि तरकारी व्यापारमा लाग्नुप¥यो”, मोटरसाइकलमा तरकारी बेच्दै हिँड्नुभएका सेन्चुरीले भन्नुभयो, “अहिले बिहानदेखि बेलुकासम्म टोलबस्तीमा तरकारी बेच्न थालेको छु ।”

पहिले प्रत्येक टोलमा दुईतीनवटा नयाँ घर बन्ने गथ्र्यो । पेन्टिङको काम भ्याइनभ्याइ हुने गरेकामा करिब दुई वर्षदेखि घर बन्न छाडेको छ । त्यसपछि विकल्पका रुपमा तरकारी व्यापार गर्नुपरेको उहाँको भनाइ छ । तरकारी बिक्री गर्दा प्रतिस्पर्धा धेरै भएकाले थोरै फाइदा हुने उहाँले बताउनुभयो ।

दैनिक घरको मिस्त्री काम गर्दै आउनुभएका व्यास– १० दुम्सीचौरका राजु दरै राहदानी बनाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारीमा हुनुहुन्छ । “पहिले दुईजना ठेकेदारको सम्पर्कमा कुनै दिन कामविहीन हुनु परेको थिएन”, दरैले भन्नुभयो, “एक वर्षदेखि बेरोजगार भएपछि घरमै कति बस्नु भनेर विदेश जाने सोचले राहदानी बनाएँ ।”

उहाँले घर निर्माणमा मजदुरी गर्दा दैनिक आठ घण्टामा रु नौ सय कमाउने गर्नुहुन्थ्यो । अहिले मिस्त्री र सहयोगी मजदुर कामविहीन हुनुपरेको उहाँको भनाइ छ ।

व्यास– १ गल्बुबेँसीका घर निर्माण ठेकेदार सन्तबहादुर तामाङले पनि घर बन्न छोडेपछि धेरै मजदुर बेरोजगार भएको बताउनुभयो । “पहिले वर्षमा १२÷१५ वटा घर सजिलै बनाइन्थ्यो । त्यसका लागि २०÷२२ जना मजदुर नियमित खटाउथेँ”, तामाङले भन्नुभयो, “तर अहिले वर्षमा एउटा पनि घरको ठेक्का पाएको छुइन ।”

दमौली बजारमा पेन्टिङको काम गर्ने दर्जनाँै पेन्टर खाडी मुलुक गइसकेको उहाँले बताउनुभयो । आर्थिक गतिविधि सुस्ताएपछि सबैभन्दा बढी असर घर निर्माणमा खटिँदै आएका ठेकेदार र मजदुरलाई परेको निर्माण व्यवसायी सङ्घ तनहुँका पूर्वअध्यक्ष टीकानिधि पौडेलले बताउनुभयो ।

जिल्लाका एक सय ८० निर्माण व्यवसायीहरु निर्माण व्यवसायी सङ्घमा आबद्ध छन् । घर बन्नै छाडेपछि घर निर्माण परामर्शदाता कम्पनीहरु कार्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यास नगरपालिका घर नक्सा शाखाका इन्जिनियर अमृत केसीले बताउनुभयो ।

व्यास नगरपालिकाबाट घर नक्सा पास गर्ने क्रम घटेको छ । आर्थिक बर्ष २०७६/७७ मा बार्षिक चार सय ५० वटा घर नक्सा पास भएकामा आर्थिक वर्ष २०७७/७८ मा वार्षिक दुई सय ६० वटा र आर्थिक वर्ष २०८०/८१ को पछिल्लो नौ महिनामा जम्मा दुई सय घरको नक्सा पास भएको इन्जिनियर केसीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...