back
NMB ad

सोमबारको सेयरको सुखद खबर,कारोबार र नेप्से दुवै बढ्दा एभरेष्ट बैंकमै झुम्मिए लगानीकर्ता !

Kumari bank ad

काठमाडौ ।सोमबार नेपाल स्टक एक्सचेन्जमा ७८ करोड ९ लाख रुपैंया भन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३१ वटा कम्पनीको चार हजार एक सय ७८ कारोबारबाट आठ लाख ५६ हजार छ सय ८८ कित्ता सेयर  खरिदबिक्री भए । आइतबारको तुलनामा यो कारोबार रकम बढेको हो । आइतबार ७३ करोडभन्दा बढिको कारोबार भएको थियो ।
कारोबार रकमसँगै नेप्से परिसुचकमा पनि सुधार देखियो । सोमबारको नेप्से ६.२८ अंकले बढेर १७०६.२८ अंकमा कायम भएको छ । बाणिज्य बैंक, होटल, फाइनान्स, बीमा, उत्पादनमूलक समूहले सोमबारको बजारलाई उचालेका छन् । सबैभन्दा धेरै बीमा समूह ४३.२५ अंकले बढेको छ भने उत्पादनमूलक समूह १२.५५ अंकले बढेको छ । बजारको अधिकाँस हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको परिसूचक ८.९४ अंकले बढेको छ । त्यस्तै फाइनान्स र होटल क्रमशः ७.६२ र ७.०९ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत् र अन्य भने क्रमशः ५.२८, ३.५६ र १.४५ अंकले घटेका छन् ।

आइतबार जस्तै सोमबार पनि लगानीकर्ताको चाप एभरेष्ट बैंकमा नै रह्यो । एभरेष्ट बैंकको १२ करोड ३५ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ ।

यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पौने आठ करोड, शिखर इन्स्योरेन्सको पनि छ करोडमाथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको चार करोडमाथिको कारोबार भएको छ भने सिभिल बैंकको दुई करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंकको अढाई करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको झन्डै दुई करोडको कारोबार हुँदा कुमारी बैंकको डेढ करोडको कारोबार भएको छ । शुभेच्छा विकास बैंकलाई गाभेर सोमबारदेखि नै सेयर कारोबार सुरु गरेको गरिमा विकास बैंकका सेयरधनीले ९.८३ प्रतिशतका दरले कमाएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २९

वि.सं.२०७३ कात्तिक २९ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...