
काठमाण्डौं । कुमारी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा १३ करोड ७४ लाख रुपैंयाँ नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा तीन गुणा बढी हो ।
गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले ४ करोड ८६ लाख खुद नाफा कमाएको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।
सोमबार मात्र सम्पन्न बैंकको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै कुमारी काष्ठमाण्डप, महाकाली विकास बैंक र पश्चिामाञ्चल फाइनान्स तथा काक्रे विहार विकास बैंकलाई खरिद गर्ने प्रक्रियामा समेत रहेको छ ।
३० कार्तिक २०७३, १२।००
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १२:२० मा प्रकाशित