
काठमाण्डौं । बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
बाणिज्य बैंकहरुमा प्रति सेयर आम्दानीको हिसाबले एभरेष्ट बैंकपछि नेपाल बैंक दोस्रो भएको छ । नेपाल बैंकले यस बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानीमा झण्डै ७० र संचालन मुनाफामा २६२ प्रतिशतले बढोत्तरी गरेको छ । नेपाल बैंकमा हाल सर्बसाधारणको ३८ र सरकारको ६२ प्रतिशत हिस्सा रहेको छ ।
३० कार्तिक २०७३, १२।००
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १२:३१ मा प्रकाशित