काठमाण्डौं । साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक आज तेस्रो दिन मंगलबार भने ४.३७ अंकले घटेको छ। हिजोको तुलनामा दुई करोड रुपैयाँले कारोबार रकम बढे पनि परिसूचक ओरालो लागेको हो। साताको तेस्रो दिन १३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
आज मंगलबार पनि धेरै कारोबार हुने कम्पनीको सूचीमा एभरेष्ट बैंक रह्यो । साताको तेस्रो दिन ३०२ पटक कारोबार भएको बैंकको सेयर मूल्य १६ रुपैयाले बढेर तीन हजार ७०८ रुपैयाँमा पुग्यो। यो कम्पनीको ३५ करोड रुपैयाँको कारोबार भएको हो।
बिकास बैंक, उत्पादनमुलक र अन्य परिसूचक बाहेक बैंक, बीमा, होटल, हाइड्रोपावर र वित्तीय उपसूचक ओरालो लागेका छन्।
३० कार्तिक २०७३, ३।४०
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १५:४६ मा प्रकाशित