
दशैंतिहारसँगै नेपालको सेयर बजार घट्ने क्रम जारी छ । झिनो संख्याले सूचक बढ्छ भने त्यति नै दोहोरो तेहरो अंकले सूचक झर्ने क्रम जारी छ । बजारको प्रकृति भनेको बढ्नु र घट्नु हो । यो कुनै ठूलो कुरा हैन ।
गत बर्ष पूँजी बजारमा भएको सुधार, लगानीकर्ताको बढ्दो संख्या, अधिक तरलता, बजारमा सेयर आपुर्ति संख्या कम हुनु, लगानीकर्तालाई प्रायः सेयरमा न नाफा, न घाटाको अबस्था रहनु, पूँजी बृद्धिको प्रभाव, अन्यत्र लगानीको अबसर कम हुनु, बैंक ब्याज दर न्युन हुनु लगायतका कारणले पूँजी बजार लगातार माथि गयो ।
त्यस्तै, यस बर्षको सुरुका दिनहरु सम्ममा आईपुग्दा प्रायः सबै बाणिज्य बैंकका सेयर राखेकाहरुले ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म नाफा कमाए । त्यसपछि हकप्रदको चाप बढ्दै गयो र हकप्रदका लागि रकम जोहो गर्नेहरु सेयर बेच्न आए । हकप्रद र बोनसले बजारमा सुचिकृत सेयरको आपुर्ति ह्वात्तै बढाईदियो, जसलाई बजारले थाम्न सकेन ।
नाफामा रहेका सेयरधनीले बजार घट्न थालेपछि अरु घट्ला भन्ने चिन्ताले सेयर बेच्ने नै भए । चाड पर्वको मौसमको असर पनि यसमा पर्यो । सेयरबाट कमाएकाहरुले पैसा निकालेर घर र गाडी जोड्दाको एउटा पाटो पनि यसमा छ । बैंक ब्याज दर उकालो लाग्ने क्रमसँग कर्जा लिएर सेयर बजारमा लगानी गर्नेहरु निरुत्साहित हुनथाले । संस्थागत र ठूला लगानीकर्ता सेयर बजारमा झर्न छाडी डिलमा बसेर रमिता हेरे । सेयर बजारमा तत्काल ठूलो प्रभाव पार्ने खालका सूचना र नीतिगत निर्णयहरु आएनन् ।
यसरी हेर्दा बजारमा दिनदिनै निराशाजनक अबस्था देखियो, यसैले कारोबार रकमलाई साढे दुई अर्बबाट ६०र७० करोडमा सिमित गरिदियो र नेप्से पनि लगातार ओरालो लाग्यो । आईतबारसम्म नेप्सेको समग्र पूँजीकरणमा झण्डै एक खर्ब २० अर्बको क्षति भईसकेको अबस्था थियो, सोमबार त्यसमा केही सुधार आयो । तर फेरि हिजो मंगलबार नेप्सेको सूचक फेरि झ¥यो ।
धेरै माथि चढेपछि बजार ओर्लनु स्वभाविक हो । तर सेयर बजारमा यसै हुन्छ भनेर भबिष्यबाणी गर्नेहरु बारम्बार फेल भईरहेका छन् । यस्तो अवस्थामा के गर्नु जरुरी छ त रु यहाँ केही बुँदाहरु प्रस्तुत गरिएकोछ :
१. सेयर बजारमा अति उत्साहित पार्ने र चरम निराश बनाउने दुबै खाले प्रबृत्ति अति घातक हुन्छन् । त्यसैले उचालिएर सेयर किन्ने वा डराएर सेयर बच्ने काम गर्नु आवश्यक छैन ।
२. कम्पनीको अबस्था र प्राविधिक अवस्थालाई पनि उत्तिकै बिश्लेषण गरी सेयर बजारमा सुझबुझपूर्ण निर्णय लिएर लगानी गर्नु आवश्यक छ ।
३. बजारको आफ्नै नियम हुन्छ, त्यही नियम अनुसार बजारलाई चल्न दिनुपर्छ । बजार झ¥यो भनेर आत्तिनु र बजार माथि उक्लियो भनेर मात्तिनु आवश्यक छैन ।
४. हकप्रदको सेयर जारी हुँदैछ भन्दैमा उचालिएर सेयर किन्नु आवश्यक छैन । दीर्घकालीन हिसाबले राम्रा कम्पनीको हकप्रद किन्नेहरुले फाईदा लिनसक्छन् तर ब्यापारी बनेर सेयर बजारमा हकप्रदमा उचालिएर सेयर किन्नेहरुले खाने घाटा नै हो ।
५. आजको भोलि करोडपति हुन्छु भनेर सेयर बजारमा लगानी गर्नु मुर्खता हो । सेयर बजारमा दीर्घकालीन लगानी गर्ने लगानीकर्ताहरुले नै धेरैभन्दा धेरै फाइदा लिइरहेका हुन्छन् ।
६. लगानीकर्ताले हल्लाको पछि नलागी सतर्क बसेर सत्यतथ्य बुझेर आफ्नै निर्णयमा लगानी गर्ने गर्नुपर्छ । कागले कान लग्यो भन्दैमा कान नै नछामी दौडनु मुर्खता हुन्छ ।
७. सेयर बजार तल गएको बेला कम्तिमा १० वटा राम्रो कम्पनीको सेयर मुल्य घटाएरै किन्नौ । तीन बर्षका लागि ढुक्क हुने किसिमले लगानी गरौं त्यसपछि सेयर बजार बढेर आफुलाई चाहे जत्ति नाफा भएपछि बेच्नु बुद्धिमानी हुन्छ ।
१ मंसिर २०७३, १.३०
वि.सं.२०७३ मंसिर १ बुधवार १३:३५ मा प्रकाशित