
भक्तपुर । चाँगुनारायण नगरपालिका– ४ घुमाउनेमा प्लास्टिक उद्योगमा आगलागी हुँदा २५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।
गएराति विद्युत् सर्ट भई आगलागी हुँदा सरस्वती तिमिल्सेनाले सञ्चालन गरेको उद्योगमा मेसिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको महानगरीय प्रहरी प्रभाग खरिपाटीले जनाएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको थियो ।
प्रकाशित मितिः २०७३ मंसिर १
वि.सं.२०७३ मंसिर १ बुधवार १७:२४ मा प्रकाशित