
काठमाण्डौं । साझा यातायातले नयाँ खरिद गरेका अपाङ्गमैत्री बसहरुका लागि काठमाडौं उपत्यकाभित्र तय गरेको रुटमा नै सञ्चालन इजाजत पाएको छ । सबै रुटमा साझाले हिजो बुधबार नै यातायात व्यवस्था विभागबाट रुट अनुमति पाएको हो ।
पूर्ण रुपमा एउटा नयाँ रुटसहित पुराना रुट विस्तार गरेर साझाले ४ वटा रुटका लागि इजाजत मागेको थियो । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किनेर ल्याएको छ । साझाले अब काठमाडौंमा उपत्यकामा मात्रै ३८ वटा बस चलाउने छ ।
२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २ बिहीवार ११:१२ मा प्रकाशित