
काठमाण्डौं । तपाँईको घर वा भवनको नक्सा पास छैन ? या स्वीकृति नलिइ बनाउनु भएको छ ? यदि त्यस्तो हो भने पुस मसान्तभित्र घर वा भवनको अद्यावधिक गराउनुहोस । किनकी काठमाडौं महानगरपालिकाले बुधवार सबैखाले भवनको नक्सा अद्यावधिक पुस मसान्त भित्र गर्न सूचना जारी गरेको छ ।
बुधवार जारी गरेको सूचनामा पुस मासान्तसम्म निर्माणसम्पन्न प्रमाणपत्र पेश तथा निर्माण प्रमाणित नगरे त्यस्ता भवनहरुको हकमा स्वायत्त शासन ऐन २०५५ अनुसार कारवाही हुने बताइएको छ । महानगरको असोज ६ गते बसेको महानगर परिषदको निणर्यअनुसार सूचना जारी गरिएको हो ।
यसका लागि नक्सा जग्गाधनी प्रमाण प्रतिलिपी, आंशिक भवन नक्सा स्वीकृति लिएको भए सोको प्रतिलिपी, स्वीकृति नलिई निर्माण भएको भए स्केच, क्षेत्रफल र तला स्वयम् घोषणा गरिएको निवेदन पेस गर्नुपर्छ ।
त्यस्तै निर्माण सम्पन्न प्रमाण पत्र लिएको भए सो को प्रतिलिपी, आफू सम्वन्धित चालु आबसम्मको मालपोत तथा घर जग्गा, बहाल, व्यवसाय, सवारी र मनोरन्जन कर तिरेको निस्सा बुझाउनुपर्ने बताइएको छ ।
२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २ बिहीवार ११:२३ मा प्रकाशित