काठमाण्डौं । रिलायबल डेभलपमेन्ट बैंकले साढे आठ प्रतिशत ब्याज दिने नयाँ योजना ल्याएको छ। बैंकले ८५ दिने मुद्दति खातामा न्यूनतम पाँच लाख रुपैयाँ राख्नुपर्ने जनाएको छ। बैंकले १ वर्षे मुद्दतीमा ८.,७५ प्रतिशत सम्म तथा बचत खातामा ५.५ प्रतिशत सम्म ब्याज दिने जनाएको छ।
बैंकका अनुसार सय दिन पुरा भएपछि साँवा र ब्याज स्वत बचत खातामा जम्मा हुनेछ। सो बचत खातामा रकम आएपछि एससिटी नेटवर्क अन्तर्गतका देशभरी रहेका एघार सय भन्दा बढी एटिएमबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।
२ मंसिर २०७३, ३।३०
वि.सं.२०७३ मंसिर २ बिहीवार १६:२६ मा प्रकाशित