काठमाडौ। लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांस दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
उक्त नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजी रकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाँडिने कम्पनीले जनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर ४
वि.सं.२०७३ मंसिर ४ शनिवार १३:०४ मा प्रकाशित