काठमाडौँ । नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायी मोहन लम्साल र मिस टुरिज्म ओरुसा थापा मगरलाई सद्भावना दूतमा मनोनयन गरेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मनोनीतद्वयलाई बिहीबार सद्भावना दूत मनोनयनपत्र प्रदान गरेका हुन् । सद्भावना दूतमा मनोनीत दुवै बोर्डले सञ्चालन गर्ने प्रवद्र्धनात्मक गतिविधिमा सहभागी हुनेछन् ।
सद्भावना दूत नियुक्त भएपछि लम्साल र मगरले आफू बोर्डको आचारसंहितामा रही पर्यटन व्यवसायीसँग समन्वय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुट्ने बताए ।
३ मङ्सिर २०७३
वि.सं.२०७३ मंसिर ३ शुक्रवार १९:३९ मा प्रकाशित