
काठमाडौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुँदैन भनेर कुनै शङ्का नगर्न आग्रह गरेका छन् ।
एमाले काठमाडौं जिल्ला सङ्गठन कमिटीले नेपाल संवत् ११३७ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव अपरिहार्य भएको बताए ।
“अहिले भइरहेका षड्यन्त्र असफल बनाएर एमालेले चुनाव गराउँछ”– उनले भन्नुभयो, “चुनाव हुन्छ, यसमा कुनै शङ्का छैन ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देश अगाडि बढ्न कसैले पनि रोक्न नसक्ने भन्दै विकासका लागि देश अगाडि बढिसकेको बताए ।
उनले राष्ट्रिय एकता र देशको हितका पक्षमा काम गर्ने पार्टी एमालेमात्रै भएको धारणा राखेका थिए ।
प्रकाशित मितिः २०७३ मंसिर ३
वि.सं.२०७३ मंसिर ३ शुक्रवार १९:२३ मा प्रकाशित