back

नाट्टाले मङ्सिर २४ मा स्वर्ण महोत्सव मनाउने

Kumari bank ad

काठमाडौ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण महोत्सव मङ्सिर २४ गते यहाँ मनाउने भएको छ ।

‘नेपालको पर्यटनः राष्ट्रिय प्राथमिकताको उद्योग’ भन्ने नाराका साथ काठमाडौमा विशेष कार्यक्रम गरी महोत्सव मनाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो ।

देशभरका एक हजारभन्दा बढी पर्यटन व्यवसायी कम्पनीको छाता सङ्गठनको रुपमा ५० वर्षदेखि कार्यरत नाट्टा नेपालको मात्र नभई एसियाली क्षेत्रकै उत्कृष्ट पर्यटकीय व्यावसायिक संस्था मानिन्छ ।

संस्थाले आफ्नो आरोहअवरोह पार गर्दै आधा शताब्दीको लामो अवधिमा देशभरिका ट्राभल तथा टुर अपरेटरलाई सशक्त नेतृत्व प्रदान गर्नाका साथै नेपालको पर्यटन उद्योग र निजी क्षेत्रबीच समन्वयात्मक भूमिका खेलेको नाट्टाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वर्ण महोत्सव उद्घाटनसँगै संस्थाको एक्काइसौं अधिवेशन, गोलमेच सम्मेलन, पुरस्कार वितरण कार्यक्रम तथा विशिष्ट मनोरञ्जनात्मक कार्यक्रम तय गरिएको संस्थाले जनाएको छ ।

Natta logo

यस वर्ष विश्व पर्यटन व्यवसायीको छाता सङ्गठन युनाइटेड फेडरेसन ट्राभल एजेन्ट एसोसिएसनको पनि स्वर्ण महोत्सव रहेकाले उक्त संस्थाका अध्यक्ष तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीका अध्यक्ष र प्रतिनिधिको महोत्सवमा सहभागिता रहने नाट्टा स्वर्ण महोत्सव संयोजक एवं प्रथम उपाध्यक्ष सिएन पाण्डेले बताए ।

पत्रकार सम्मेलनको अध्यक्षता गर्दै संयोजक पाण्डेले स्वर्ण महोत्सवका अवसरमा भूकम्पबाट क्षति पुगेका पुरातात्विक संरचनाको पुनःनिर्माणलाई तीव्रता दिनका लागि सशक्त आवाज उठाउने उद्देश्यले पाटन दरबार, वसन्तपुर दरबार क्षेत्र लगायतमा सचेतनामूलक साइकल यात्राको आयोजना गरिएको जानकारी दिए ।

नाट्टाले कतार एअरवेजसँगको सहकार्यमा रक्तदान, कलेजका विद्यार्थीलाई पर्यटन क्षेत्रमा थप आकर्षित गर्न प्रतियोगितात्मक कार्यक्रम पनि गर्नेछ ।
प्रकाशित मितिः २०७३ मंसिर ३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १९:०८ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...